बैतडी । मातातिर्थ औँशी हरेक वर्ष वैशाखकृष्ण पक्षको औँसीका दिन आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ ।
यसै अवसरमा बैतडीको पाटन नगरपालिका वडा नं. ९, स्थित रहेको श्री सिद्धेश्वर माध्यमिक विद्यालयले २०७३ साल देखी हरेक वर्ष माता तिर्थ औँसीको अवसरमा विद्यालय सेवा क्षेत्र भित्रका जेष्ठ ६ जना आमाहरु लाई विद्यालयमा बोलाई एक समारोहका बिच विद्यालयबाट माला, टिक, खादा लगाउदै फलफुल र मिष्टान्न दिएर आदरपूर्वक सम्मान गर्दै आईरको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटले बताउनभयो । 
जसले स्नेह र संस्कारको बाटो देखाउनुभयो, ती हुन् हाम्रा आमाहरु, आमाहरूको आजीवन समर्पण र मायाप्रति गहिरो श्रद्धा र कृतज्ञता व्यक्त गरिएको यस कार्यक्रमबाट, विद्यार्थीहरूले जेष्ठ आमाप्रतिको आदरभाव, संस्कार र सेवा भाव सिक्ने आशा विद्यालय परिवारले लिएको छ । 
यसले नयाँ पुस्तामा संस्कार, कृतज्ञता र सामाजिक उत्तरदायित्व को चेतना थप गहिरो बनाउने अपेक्षा गरिएको शिक्षक अभिभावक संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद भट्टले बताउन भएको छ । 
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटको अध्यक्षतामा संचालन गरिएको उक्त कार्यक्रममा बिद्यार्थि, शिक्षक, अभिभावक र जनप्रतिनिधिहरुको सहभागीता रहेको थियोे । 
बिद्यालयले यस्तै कुशे औँसीको अवसरमा पनी जेष्ट बुबाहरु लाई सम्मान गर्दै आईरहेको विद्यालयले जनाएको छ ।















