एनपीएलको उपाधिनजिक पुग्दाको खुसी (तस्बिरहरू)

Image

काठमाडौँ । दोस्रो क्वालिफायरमा कर्णाली याक्सविरुद्ध दुई विकेटको रोमाञ्चक जित निकाल्दै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा स्थान बनाएको छ ।

कर्णालीले दिएको ११९ रनको लक्ष्य भेट्टाउन नजिकपुरलाई त्यति सजिलो भने भएन। जनकपुरले ८ विकेट गुमाएर मात्रै त्यो लक्ष्य पुरा गर्‍यो। कर्णालीले दिएको लक्ष्य पछ्याउने क्रममा ९ रन जोड्दा नै जनकपुरले दुवै ओपनर गुमाइसकेको थियो। तर, मध्यक्रममा आएर जेम्स निसमले बिस्फोटक ब्याटिङ गरेपछि भने जनकपुरलाई धेरै राहात पुग्यो।

अनि, थोरै मात्रै रन आवश्यक रहेको अवस्थामा तल्लो क्रमका ब्याट्सम्यानले त्यसलाई पुरा गर्न सफल भए।