आजबाट मतपत्र ढुवानी सुरु

Image

काठमाडौं ।

निर्वाचन आयोगले वैशाख ३० हुने स्थानीय निकायको निर्वाचनका लागि आजबाट मतपत्र ढुवानी सुरु गर्ने भएको छ ।

हेलिकोप्टर, कन्टेनर, ट्रकलगायत सवारी साधनबाट ढुवानी हुने यसअघि नै आयोगले जनाइसकेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ८० प्रतिशत मतपत्र छपाईको काम सकिएको र बाँकी मतपत्रको छपाई कार्य जारी रहेको बताए ।

उनका अनुसार हालसम्म ६८ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मत पत्र छाप्ने काम सकिएको छ । आयोगले एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरेको छ ।