Khabar Board
Flash logo up side
flash header

‘गगन थापालाई म ‘ट्युसन’ पढाउन सक्छु’, नेता कर्णबहादुर मल्ल

Nirbachan m

डडेल्धुरा ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले प्रदेश सभा सदस्य पद त्याग्ने घोषणा गरेका छन् । बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलन गर्दै मल्लले प्रदेश सभा सदस्यबाट राजीनामा गर्ने घोषणा गरेका हुन् ।

‘पार्टीको विधान कुल्चेर मलाई दोस्रो पटक नेपाली काँग्रेसको साधारण सदस्यसमेत नरहने गरि हटाइएको छ,’ उनले भने, ‘मलाई यो पार्टीबाट प्रदेश सभाको निर्वाचित सांसद पदमा बसिरहन नैतिकताले दिँदैन्। आजदेखि म प्रदेश सभा सांसद नरहेको सञ्चार माध्यमबाट घोषणा गर्दछु।’

मल्ल पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी रूपमा सातौं जिल्ला अधिवशेन तथा १४औं महाधिवशेन गरेको भन्दै मल्ल लामो समयदेखि रूष्ट रहेका थिए । यस्तै आसन्न स्थानीय तहको निर्वाचनमा उनले नेपाली काँग्रेस बिपीबाट चुनाव लड्ने भन्दै एमालेसँग गठबन्धन गरेका छन् ।

महामन्त्री गगन थापालाई म ‘ट्युसन’ पढाउन सक्छु 

Center article

सुदूरपश्चिम प्रदेशसभाका पूर्व सदस्य कर्णबहादुर मल्लले आफूले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई ‘ट्युसन’ पढाउने सक्ने बताएका छन्।  उनले नेपाली कांग्रेसँग बिपी कोइरालाले स्थापन गरेको घोषणापत्र नै नभएको बताएका छन्। उनले बीपी कोइरालाले स्थापन गरेको घोषणापत्र (मेनिफस्टो) र अहिलेको घोषणापत्र मिल्छ भनेर महामन्त्री थापालाई ट्युसन पढाउने सक्ने बताएका छन्।

महामन्त्री थापाले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट नै पुगेर ट्युसन पढाउनुपर्ने बताएका थिए। त्यसको दोस्रो दिन नेता मल्लले आफू बीपीले स्थापन गरेको घोषणापत्र र अहिलेको घोषणापत्र कहाँ मिल्छ भनेर थापालाई ट्युसन पढाउने सक्ने बताएका हुन्।

‘कांग्रेस यस्तो पार्टी हो जसँग बीपी कोइरालाले स्थापना गरेको मेनिफस्टो नै कांग्रेससँग छैन आज। हिजो कांग्रेस महामन्त्री (थापा) जी ले ट्युसन पढाउन केपी ओलीलाई बालकोट जान्छु भन्दै थिए तर म उहाँलाई ट्युसन पढाउन सक्छु,’ मल्लले भने, ‘तपाईं जुन पार्टीको महामन्त्री हुनभएको छ। बीपीले स्थापन गरेको मेनिफस्टो र अहिलेको मेनिफस्टो मिल्छ? भनेर थापालाई ट्युसन पढाउन सक्छु, बहस गर्न सक्छु।’

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.