Khabar Board
Flash logo up side
flash header

बेलडाँडी गाउँपालिका–२ को वडाध्यक्षको लागि स्वतन्त्रबाट भिड्दै हिरालाल ओखेडा

Nirbachan m

कञ्चनपुर । यही ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनको मिति नजिकिँदैछ । निर्वाचन मिति नजिकिएसँगै उम्मेदवार मतादाताको घरदैलोमा व्यस्त भएका छन् । यसपालिको निर्वाचनमा पनि धेरै उम्मेदवार स्वतन्त्रबाट चुनावी मैदानमा छन् ।

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ को वडाध्यक्षका लागि हिरालाल ओखेडा पनि स्वतन्त्रबाट भिड्दै छन् । लामो समय नेकपा एमालेमा बिताएका उनी यसपालि भने स्वतन्त्रबाट वडाध्यक्षमा लड्न लागेका हुन् । स्वतन्त्रबाट चुनावी मैदानमा भएपनि उनलाई वडाध्यक्षको प्रवल दावेदारको रूपमा पनि हेरिएको छ ।

को हुन् हिरालाल?

हिरालालले विद्यार्थी जीवनबाटै राजनीति सुरू गरे । उनी राजनीतिमा लागेको तीन दशक नाघिसक्यो । २०४९ सालमा हिरालाल एमाले बेल्डाँडी अध्यक्ष पनि बने । २०६१ सालमा उनले त्यहीँकै रौलेश्वर उच्च माविको व्यवस्थापन अध्यक्षको जिम्मेवारी पनि सम्हालेका थिए ।

Center article

गाउँमा समाजसेवीका नामले राम्रो परिचय बनाएका हिरालाल यसपालि जनप्रतितिनिधि भनेर जनताको सेवा गर्ने लक्ष्यका साथ चुनावी मैदानमा होमिएका हुन् । ‘लामो समय मैले विभिन्न भूमिका रहेर गाउँको सेवा गरे । पार्टीमा हुँदा पनि वडावासीको सेवामा जुटे, नहुँदा पनि म वडावासीकै साथमा रहे । अब थप वडावासीलाई सेवा दिन चाहन्छु । त्यसकारण पनि म वडाध्यक्षका लागि चुनावमा होमिएका हुँ,’ हिरालालले भने ।

उनले यदि आफू वडाध्यक्षमा विजयी भए सबैभन्दा पहिला सुशासन कायम, भष्टाचार नियन्त्रण, गाउँको विकासमा जोड दिने बताए । ‘गाउँको विकास, सुशासन कायम र भष्टाचार नियन्त्रणकै लागि मेरो उम्मेदवारी हो । वडावासीकै दुःखहरू समाधान गर्न चुनावमा भिड्ने तयारी गरिरहेको हुँ । स्वतन्त्रबाट उठेकाले ममाथि कतैबाट र केही दबाब छैन । वडावासीले पक्कै पनि मलाई पत्याउनुहुनेछ । विश्वास छ यसपालि उहाँहरूको अमूल्य साथ मलाई रहनेछ,’ हिरालालले भने ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.