Khabar Board
Flash logo up side
flash header

आचारसंहिता विपरीत प्रचारप्रसार गरे उम्मेदवारी नै रद्द गर्ने आयोगको चेतावनी

Nirbachan m

काठमाडौं ।

निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार र निर्वाचन प्रतिनिधिलाई आचारसंहिता विपरीत पोष्टर, भित्ते लेखन, ब्यानर, डिजिटल डिस्प्ले जस्ता प्रचारात्मक सामग्री प्रयोग नगर्न आदेश दिएको छ । केही स्थानमा यस्ता प्रचारात्मक सामाग्रीको प्रयोग भएको सूचना आएपछि आयोगले सोमबार विज्ञप्ति जारी गर्दै उक्त आदेश दिएको हो ।

आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कतिपय स्थानमा कानुनले वर्जित गरेका यस्ता कार्य भैरहेको भन्ने आयोगको जानकारीमा आएको हुँदा राजनीतिक दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि वा कुनै व्यक्तिले आचारसंहिता विपरीत पोष्टर, भित्ते लेखन, ब्यानर, डिजिटल डिस्प्ले जस्ता प्रचारात्मक सामग्री प्रयोग गरेको पाइएमा तत्काल हटाउने वा हटाउन लगाउने र त्यस्तो स्थानलाई दुरूस्त बनाई राख्न आदेश गरिएको छ ।’

वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन आयोगले गत चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता, २०७८ लागू गरेको छ ।

आचारसंहितामा २०७८अनुसार सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने उल्लेख छ ।

Center article

यस्तै कुनै पनि उम्मेदवारले आफ्नो कार्यालय बाहेकका स्थानमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने प्रावधान पनि आचारसंहितमा राखिएको छ।

‘त्यस्तो सामग्री जुन स्थानमा राखिएको छ सोही स्थानीय तहको उम्मेदवारले राखेको ठहर गरी सोही दल वा उम्मेदवारबाटै हटाउन आदेश दिई आदेशको वर्खिलाफ गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले १ लाख रूपैयाँसम्म जरिवाना गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

कुनै उम्मेदवारले आयोगले बनाएको आचार संहिताको उल्लंघन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा त्यसको स्पष्ट आधार र कारण खोली आयोगले त्यस्तो उम्मेदवारको उम्मेदवारी रद्दसमेत गर्न सक्ने जनाएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.