‘देशको इतिहास लेख्न हिँडेको छु, पत्रिकाको हेडलाइनसँग चिन्ता छैन’- गृहमन्त्री लामिछाने

Image

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले देशको इतिहास लेख्न आफू अघि बढेको बताएका छन् ।

इलाम २ को उपनिर्वाचनमा सहभागिता जनाउँदै उनले आफूले बेइमानसँग कहिल्यै पनि आफ्नो इमानदारिताको प्रमाण नदेखाउने प्रष्ट पारे । तर, आफूले इमानदारसँग भने आफ्नो इमानको प्रमाण देखाउने उनको भनाइ छ ।

‘मलाई पत्रिकामा के लेखिन्छ, थाहा छैन ? यो देशको इतिहास लेख्न हिँडेको मान्छे हुँ । पत्रिका आज सकिन्छ, इतिहास भोलि लेखिन्छ,’ गृहमन्त्री लामिछानेले भने, ‘आजको पत्रिकाको हेडलाइनको चिन्ता होइन, भोलिको भविष्यको चिन्ता छ । तपाईंहरूले पत्रिकाको हेडलाइनको चिन्ता नलिनुहोस् ।’

उनले यो देशलाई परिवर्तन गरेरै देखाउने हुटहुटी रहेको सुनाए । गृहमन्त्री लामिछानेले आफ्नो नेतृत्वमा देशमा चितवनबाट नीलो क्रान्ति गरेको बताए ।