बैतडी ।
जिल्लाको पाटन नगरपालिका ०६ मा मृत भेटिएका शिक्षक धनबहादुर बिष्टको घटनाको सत्यतथ्य छानबीन र न्यायका लागि आज आन्दोलनको तेस्रो दिन संघर्ष समितिले बिहानै सडक (दशरथचन्द राजमार्ग) बन्द गराएको छ। हिजो मङ्गलबार गठित संघर्ष समितिले पुर्ब बिज्ञप्ति निकाल्दै आज यातायात ठप्प रहने गरि बिहानै अनिश्चितकालीन बन्द गरेको हो।
हिजो मङ्गलबार पीडित परिवार, शिक्षक,विद्यार्थी लगायत,स्थानीयको आज बसेको भेलाले लिला बिष्ट संयोजक र सहसंयोजकमा सिलंगा माविका प्रधानाध्यापक लक्ष्मण बोहरा रहने गरी ४१ सदस्यीय संयुक्त संघर्ष समिति गठन गरिएको थियो।
संघर्ष समितिले आफ्ना चरण बद्व आन्दोनका कार्यक्रम र निर्णहरु अनरुप पाटन नगरपालिकामा ज्ञापन पत्र बुझाएर तालाबन्दी गर्ने पनि जनाएको छ।
आज आन्दोलनको तेस्रो दिन सुर्नया गाउँपालिका ०२ ग्वानी घर भई बिगत लामो समय देखि कृष्ण मावि पाटनमा कार्यरत शिक्षक धनबहादुर बिष्टको संकास्पद मृत्युु भएकाले उनको न्यायोचित ढङ्ग बाट हत्या गरिएको भन्दै न्यायका लागि आफन्त,शिक्षक तथा बिद्यार्थीहरु आन्दोलित बनेका छन्।