हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दै सरकारले पूर्णता पाएको छ । विस्तारसँगै बागमती प्रदेशमा मन्त्रीको संख्या १४ पुगेको हो।
मुख्यमन्त्री बानियाँले नेपाली कांग्रेसका थप पाँच जनालाई मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो। कांग्रेसबाट प्रभातकुमार तामाङ आर्थिक मामिला तथा योजना मन्त्री, शिवराज अधिकारी आन्तरिक मामिला तथा कानून मन्त्री, कञ्चनचन्द्र बादे सामाजिक विकास मन्त्री, बिनु रायमाझी सहकारी तथा गरिबी निवारण मन्त्री, सुरेश श्रेष्ठ संस्कृति तथा पर्यटन मन्त्री र उर्मिला केसी युवा तथा खेलकुद मन्त्री बनेका छन्।
कांग्रेस र एमालेको गठबन्धन रहेको प्रदेश सरकारमा एमाले भागका ६ जना मन्त्रीले यसअघि २० साउनमै शपथ लिइसकेका थिए। नवनियुक्त मन्त्रीहरुको शपथग्रहण केही बेरमै हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
मन्त्रिपरिषद् पूर्ण भएपछि मन्त्रालयको कार्यविभाजन यसरी गरिएको छ—
१. इन्द्रबहादुर बानियाँ — मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२. मधुसूधन पौडेल — कृषि तथा पशुपन्छी विकास मन्त्रालय
३. शिवराज अधिकारी — आन्तरिक मामिला तथा कानून मन्त्रालय
४. किरण थापामगर — स्वास्थ्य मन्त्रालय
५. उर्मिला नेपाल — युवा तथा खेलकुद मन्त्रालय
६. कञ्चन चन्द्र बादे — सामाजिक विकास मन्त्रालय
७. डा. दिनेशचन्द्र देवकोटा — भौतिक पूर्वाधार विकास मन्त्रालय
८. प्रभात तामाङ — आर्थिक मामिला तथा योजना मन्त्रालय
९. भरतबहादुर के.सी. — वन तथा वातावरण मन्त्रालय
१०. सुरेश श्रेष्ठ — संस्कृति तथा पर्यटन मन्त्रालय
११. जयराम थापा — श्रम, रोजगार तथा यातायात मन्त्रालय
१२. कृष्णकुमार तामाङ — खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालय
१३. विन्दु श्रेष्ठ — उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय
१४. बिनु रायमाझी पौडेल — सहकारी तथा गरिबी निवारण मन्त्रालय।

















