जिल्ला अध्यक्ष दाहालले छाडे पद, रास्वपामा नयाँ राजनीतिक यात्रा सुरु

Image

हेटौंडा/ नेकपा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष विष्णु प्रसाद दाहालले आफ्नो जिल्ला अध्यक्ष पद त्यागेर नयाँ राजनीतिक यात्रा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सुरु गरेका छन् । बिहीबार (हिजो) रास्वपाको केन्द्रीय कार्यालयमा दाहालसँगै नेकपा एमालेका जिल्ला सदस्य भूमिनन्द अर्याल पनि रास्वपामा प्रवेश गरेका हुन् ।
रास्वपाका कार्यवाहक अध्यक्ष डीपी ढकालले औपचारिक रूपमा उनीहरुलाई पार्टी प्रवेश गराएका थिए । पदसहितको जिम्मेवारी त्यागेर साधारण सदस्य बन्ने निर्णय गरेको दाहालले बताउँदै भने, “मनमा शान्ति नभएपछि पदको मोह नराखी साधारण सदस्य भएरै मुलुक परिवर्तनको यात्रामा लाग्ने अठोट गरेको हुँ ।”

पुराना पार्टीप्रति जनताको विश्वास कमजोर भएको भन्दै उनले युवाहरु निराश भएर विदेश पलायन भैरहेको र समाजमा विचलन बढ्दै गएको उल्लेख गरे । “कम्युनिष्ट पार्टीमा रहँदा मुलुक निर्माण हुने विश्वास हराइसकेको छ । अब मुलुक परिवर्तन गर्ने शक्ति रास्वपा नै हो भन्ने निष्कर्षमा पुगेको छु,” दाहालले भने ।