राक्सिराङमा अराजकता : Gen-G को नाम दुरुपयोग गरी आगजनी गर्ने लाई कानुनी कारबाहीमा

Image

हेटौंडा / भ्रष्टाचार र राजनीतिक विकृतिको विरोधमा नेपाली नवयुवाहरु Zen-G द्वारा सञ्चालन गरिएको शान्तिपूर्ण आन्दोलन आधिकारिक रूपमा समाप्त भइसक्दा पनि राति ९:५७ बजे  राक्सिराङ्ग गाउँपालिकाभित्र केही अराजक युवाहरूले मादक पदार्थ सेवन गरी व्यक्तिगत रिस र वैमनस्यताका कारण आगजनी र तोडफोड गरेको प्रमाणित गर्दै आज कार्यपालिकाको बैठकले उक्त घटनामा संलग्न हरुलाई कारवाही गरिने निर्णय गरेको छ।

स्थानीय प्रशासनका अनुसार कार्यालयमा सुरक्षित CCTV फुटेज, प्रत्यक्षदर्शी बयान र अन्य प्रमाणहरुको आधारमा Zen-G समूह घटनासँग सम्बन्धित नभएको पुष्टि गरिएको छ। घटनामा संलग्न व्यक्तिहरूमा सागर वाईवा (३०), अस्विन थिङ्ग (३०), आशिष मोक्तान (२९), मनराज विङ्ग (३६), र विजय  रहेका छन्।

गाउँपालिकामा आज कार्यपालिकाको बैठकमा उपस्थित अधिकारीहरूले भने, “हाम्रो कार्यालय र सार्वजनिक सम्पत्तिमा गरिएको क्षति घोर भर्सना गर्दै सार्वजनिक सम्पत्तिको तोडफोड , आगजनी गरे बमोजिम दोषीहरुलाई कारबाहीका लागि सम्बन्धित निकायमा जाहेरी पेश गरिसकिएको छ। भविष्यमा यस्ता गतिविधि नदोहोरियोस्  भनेर सचेत निगरानी जारी राखिनेछ।”

स्थानीय बासिन्दाहरूले पनि आगजनी र तोडफोडको घटना भर्त्सना गरेका छन्, तर शान्तिपूर्ण आन्दोलनका क्रममा उठेका मागहरुको समर्थनमा गाउँपालिका सधै रहेको बताएका छन्।