हेटौडा । राष्ट्रिय स्वतन्त्र पार्टी हेटौडा उपमहानगरपालिका वडा नं. ८ को प्रथम वडा अधिवेशन आगामी पुस १२ गते आयोजना हुने भएको छ।
पूर्व माननीय केन्द्रीय सचिवालय सदस्य हरि ढकाल को विशेष उपस्थितिमा हुने अधिवेशन बिहान ११:०० बजेबाट हेटौडास्थित एम ग्यालरी पार्टी भेन्यू (कालिका मन्दिर तल) मा सञ्चालन हुने जनाइएको छ।
अधिवेशनमार्फत वडा तहको संगठन सुदृढीकरण, आगामी कार्ययोजना तय गर्ने तथा नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको आयोजक समितिले जानकारी दिएको छ।
आयोजकले वडा नं. ८ अन्तर्गतका पार्टी सदस्य, शुभेच्छुक तथा समर्थकहरूलाई समयमा उपस्थित हुन आग्रह गर्दै अधिवेशनमा सहभागी भई सफल बनाउन हार्दिक अनुरोध गरेको छ।













