हेटौडा बचत तथा ऋण सहकारीको तेस्रो त्रैमासिक गोष्ठी सम्पन्न

Image

हेटौँडा/ हेटौडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेस्रो त्रैमासिक गोष्ठी बुधबार हेटौँडा–७ स्थित मुख्य कार्यालयमा सम्पन्न भएको छ। कार्यक्रममा संस्थापक सेयर सदस्यहरूमध्येका जेष्ठ सदस्य राजी प्रसाद ढकाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने कार्यक्रम संस्थाका अध्यक्ष राजु वाईवाको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव युवराज गौतमले गर्नुभएको थियो। गोष्ठीमा निवर्तमान अध्यक्ष इन्द्रबहादुर बस्नेत, लेखा समितिका संयोजक विष्णुप्रसाद अर्जेल लगायत संस्थापक सेयर सदस्यहरू तथा विभिन्न समिति–उपसमितिका पदाधिकारी एवं सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रारम्भमा संस्थाका उपाध्यक्ष खडानन्द चौलागाईंले स्वागत मन्तव्य राख्नुभएको थियो। त्यसपछि प्रशासन विभाग प्रमुख सुशील सुवेदीले २०८२ साल साउन १ गतेदेखि २०८२ साल चैत्र मसान्तसम्म संस्थाले गरेका आर्थिक गतिविधि तथा सञ्चालन गरिएका कार्यक्रमहरूको विस्तृत प्रस्तुति दिनुभएको थियो।

उक्त अवसरमा सहभागी सेयर सदस्यहरूबीच संस्थाका गतिविधि, उपलब्धि तथा आगामी योजनाका विषयमा अन्तरक्रियात्मक छलफल समेत भएको थियो। कार्यक्रममा निवर्तमान अध्यक्ष इन्द्रबहादुर बस्नेत, निवर्तमान उपाध्यक्ष विजयबहादुर बस्नेत तथा सेयर सदस्यहरू केदार दाहाल, सुरेश श्रेष्ठ, शालिग्राम चौलागाईं, रामजी प्रसाद पौडेल, दुर्गाप्रसाद चौलागाईं र दीपप्रसाद अधिकारीलगायतले आफ्ना धारणा राख्दै संस्थाको प्रगति र पारदर्शितामा जोड दिएका थिए।

गोष्ठीले संस्थाको समग्र प्रगतिको समीक्षा गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा विस्तार र सदस्य हितमा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।