समुदायस्तरीय कानुनी सचेतना कार्यक्रम सम्पन्न

Image

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका न्यायिक समितिको सहयोग तथा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा समुदायस्तरीय कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ।

मिति २०८३ वैशाख २६ गते हेटौंडा–१ स्थित नेपाल रेडक्रस सोसाइटीको सभाहल तथा हेटौंडा–११ स्थित सामुदायिक प्रहरी सेवा केन्द्रको सभाहलमा सम्पन्न कार्यक्रममा टोल विकास संस्थाका पदाधिकारी, सदस्यहरू तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा नागरिक अधिकार, स्थानीय तहसँग सम्बन्धित कानुनी व्यवस्था, सामाजिक उत्तरदायित्व तथा समुदायमा शान्ति र सुशासन कायम गर्ने विषयमा सचेतनामूलक जानकारी प्रदान गरिएको थियो। साथै, समुदायस्तरमा कानुनी सचेतना अभिवृद्धि गर्नुका साथै सामाजिक विकृति तथा विसंगति न्यूनीकरण गर्न कार्यक्रमले महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने हेटौंडा उपमहानगरपालिका, सम्बन्धित निकाय, सहभागी महानुभावहरू तथा व्यवस्थापनमा खटिनुहुने सम्पूर्णप्रति टोल विकास संस्था नगर समन्वय समिति अध्यक्ष धुर्व अधिकारीले हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ।