हेटौंडा–४ मा सडक तथा ढल स्तरीकरण अभियान तीव्र

Image

हेटौंडा/ नविन सिग्देल ले हेटौंडा उपमहानगरपालिका–४ लाई कच्ची सडक, खाल्टाखुल्टी तथा ढुवानमुक्त बनाउने लक्ष्यसहित विभिन्न पूर्वाधार योजनाको काम अघि बढाइएको बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत २०८४ सम्म वडा स्तरीकरण गर्ने प्रतिबद्धता जनाउँदै विभिन्न सडक, ढल, कर्भस्टोन तथा स्लोप ड्रेन निर्माणका लागि बोलपत्र आह्वान गरिएको जानकारी दिएका हुन्।

सूर्यचोक–कर्रा चोक सडक तथा ढल निर्माण, सिर्जना टोल ढल, प्रजातान्त्रिकपथ कर्भस्टोन, मितेरी चोक ढल तथा अजरअम्बर रोड मर्मतलगायतका काम सञ्चालनमा रहेका छन्। साथै गिरीटोल, गर्देही भित्री सडक तथा विभिन्न स्थानमा सडक र पेटी मर्मत कार्यसमेत भइरहेको जनाइएको छ।