मकवानपुरमा लागूऔषधसहित दुई जना पक्राउ, खैरो हेरोइन बरामद

Image

हेटौंडा / विशेष सूचनाको आधारमा खटिएको प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ खुमलटारस्थित सडकखण्डबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

मिति २०८३/०२/०६ गते साँझ करिब ६:१५ बजे प्रहरी चौकी चौघडाबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा शंकास्पद रूपमा हिँडिरहेका हेटौंडा–१० निवासी २१ वर्षीय रोनक खड्की र हेटौंडा–१८ निवासी २९ वर्षीय रोशन मालबुललाई नियन्त्रणमा लिएको हो।

प्रहरीले दुवै जनामाथि रितपूर्वक खानतलासी गर्दा उनीहरूको साथबाट ५१० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ।

पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट लागूऔषध कसुर मुद्दामा म्याद अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।