मिसन पार्टी जागरण-२०८३ सबै भ्रम चिर्छाै, पार्टी बलियाे बनाउँछाैँ: एमाले नेता सिग्देल

Image

हेटौंडा/नेकपा एमालेलाई पुनर्जागरण तथा पुनर्गठनद्वारा राष्ट्रिय निर्णायक शक्तिकाे रूपमा पुनस्थापित गर्ने नेकपा एमाले केन्द्रीय लेखा आयाेग सदस्य नवीन सिग्देलले बताउनु भयाे ।

आज नेकपा एमाले गढि गाउँपालिका कमिटीद्वारा आयाेजित मिसन पार्टी जागरण-२०८३ काे अभिमूखीकरण कार्यक्रममा उहाँले भन्नुभयाे, पार्टीप्रति लगाईएका सबै भ्रमलाई चिर्ने, कार्यकर्ता र जनतामा देखापरेकाे निरासा अन्त्य गर्ने र पहिलाे शक्तिकाे रूपमा एमालेलाई स्थापित छाडिने छ ।

बालेन्द्र सरकारप्रतिकाे जनताकाे माेहभङ्ग हुँदै गईरहेकाे, संकट र विपत्तमा नेकपा एमाले जनताले खाेजिरहेकाे उहाँले दावि गर्नुभयाे । मकवानपुर गढी गाउँपालिकाकाे मिसन पार्टी जागरण-२०८३ काे केन्द्रीय प्रतिनिधि रहनु भएकाे सिग्देलले मिसन जागरण अभियान वडा, कार्यकर्ता र जनता केन्द्रीत हुने बताउनुभयाे ।

प्रदेश कमिटीका सदस्य रामचन्द्र राईले जनतासंगकाे सम्बन्धलाई सुदृढ बनाउन हरेक कार्यकर्ता जनता समस्यामा जाेडिन पर्ने बताउनु भयाे । सबै तहकाे नेता र कमिटीले भएका कमिलाई सच्याएर भनाई र गराईमा एकरूपता हुनपर्ने बताउनु भयाे । वर्तमान सरकारका मन्त्रीहरूबाट जनताले कुनै अपेक्षा नरहेकाे बताउँदै, सरकार गैरजिम्मेवार बन्दै गईरहेकाे उहाँकाे भनाई थियाे ।

एउटा कम्युनिष्ट पार्टीकाे लक्ष्य निर्वाचन जित्ने मात्र नभएर सामाजिक रूपान्तरण ध्येय रहेकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, विकास गतिशिल प्रक्रिया हाे, जनअपेक्षा बढ्दाे छ, नेकपा एमालेकाे नेतृत्वमा मात्र जनअपेक्षा सम्बाेधन हुनसक्ने छ ।

नेकपा एमाले मकवानपुर जिल्ला कावा अध्यक्ष हिदम लामाले भूराजनीतिकाे प्रभाव नेपाली राजनीति विगतदेखि नै रहेकाे र अहिले ठाडाे हस्तक्षेपले समस्या उत्पन्न भएकाे बताउनु भयाे । आज जेठ २४ गते नेपालकाे ईतिहासमा कालाेदिन राष्ट्रिय सम्पदा, सरकारी र व्यक्तिगत सम्पत्ति जलाउनु जेञ्जीकाे माग नभएकाे जेञ्जी आन्दाेलनकाे खाेलमा देश जलाउने कार्य भएकाे बताउनुभयाे ।

उहाँले राष्ट्रियता, लाेकतन्त्र, संविधानकाे रक्षा, विकास र समृद्विकाे लागि नेकपा एमालेकाे विकल्प नरहेकाे बालेन्द्रकाे ६ महिने सरकार सञ्चालनमा देखिएकाे असक्षमताले नै प्रमाणित गरेकाे दावी गर्नुभयाे ।
अभिमूखीकरणमा पार्टी सदस्यता नवीकरण र विस्तार, वडास्तरीय पार्टी सदस्य भेला, पार्टीकाे वडा र टाेल कमिटी पुनर्गठन, र जनसंगठन पालिका संयन्त्र भेला, चार्डपर्वकाे अवसरमा शुभकामना तथा चियापान विभिन्न कार्यक्रम तय गरिएकाे पालिका कमिटी सचिव राेमनाथ रेग्मीले बताउनु भयाे ।

पालिका कमिटीका अध्यक्ष जीतबहादुर घिमिरेकाे सभाध्यक्षतामा भएकाे कार्यक्रममा जिल्ला सचिवालय सदस्य विदुर हुँमागाईँ, कमिटीका उपसचिव अम्बिका अधिकारीले मन्तव्य राख्नु भएकाे थियाे  कार्यक्रममा प्रदेश कमिटी सदस्य निर्मला देवकाेटा, जिल्ला सचिवालय सदस्य मेम्बर लाेलगायतकाे उपस्थित रहेका थियाे ।