शिवम् सिमेन्ट र कर्मचारीबाट बाढीपीडितलाई साढे २६ लाख नगद र ११ हजार बोरा सिमेन्ट

Image

हेटौंडा / रसुवाको भोटेकोशी बाढीपीडितका लागि शिवम् सिमेन्ट उद्योग र त्याहाँ कार्यरत कर्मचारीहरूले सहयाेग उपलब्ध गराएका छन् ।

हेटाैंडास्थित उद्योगका एचआर म्यानेजर मधुकर ठाकुर, अच्युत अधिकारी, शम्भु लामा, राम कँडेललगायतले आज मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीमार्फत ५ लाख ५० हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन् । ठाकुरका अनुसार याे रकम उद्योगमा कार्यरत् कर्मचारीकाे तर्फबाट काेषमा जम्मका गरिएकाे र उद्योग सञ्चालक शिवम् सिमेन्ट हाेल्डिङ प्रालिकाे तर्फबाट यसअघि २१ लाख रूपैयाँ काेषमा जम्मा गरिएकाे छ ।

बाढीपीडितका लागि शिवम् सिमेन्ट उद्योगले मात्रै ११ हजार बोरा सिमेन्ट सहयोग गरेको ठाकुरले जानकारी दिए । उद्योगले ११० परिवारलाई घर निर्माणमा सहयाेग पुग्ने प्रतिपरिवार १०० बोरा सिमेन्टका दरले सहयोग गरेको उनलेले बताए ।