नेकपा एमाले, केन्द्रीय लेखा आयाेगकाे तर्फबाट बाग्मती प्रदेश कमिटीकाे २०८२/०८३ काे अन्तिम लेखा परिक्षण सम्पन्न भएकाे छ । प्रदेश लेखा कमिटीले आन्तरिक लेखा परिक्षण सम्पन्न गरिसकेपछि आज केन्द्रीय लेखा आयाेगकाे तर्फबाट अन्तिम लेखा परिक्षण गरिएकाे हाे ।
अन्तिम लेखा परिक्षणपछि आयाेगका केन्द्रीय अध्यक्ष कमरेड पुष्प कंडेलले प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेललाई अन्तिम लेखा परिक्षण प्रतिवेदन पार्टीकाे प्रदेश कार्यालय च्यासलमा हस्तान्तरण गर्नु भएकाे प्रदेश कमिटीका उपसचिव तथा वित्त व्यवस्थापन प्रमुख रमेश आचार्यले बताउनुभयाे । लेखा परिक्षणमा केन्द्रीय लेखा आयाेगका सदस्यहरू कमरेड शान्ति पाख्रिन, कमरेड नवीन सिग्देल र कमरेड हरि कुमार श्रेष्ठ संलग्न रहनु भएकाे थियाे ।
लेखा परिक्षण प्रक्रिया गर्ने क्रममा लेखा व्यवस्थापन प्रणाली,व्यवस्थित आम्दानी खर्चकाे रेकर्डसहितकाे कागजात, आम्दानीकाे पारदर्शीता र खर्चमा मितव्ययिता अत्यन्त सबल पक्ष रहेकाे पाईएकाे आयाेगका सदस्य नवीन सिग्देलले बताउनुभयाे । जिल्ला र पालिका कमिटीहरूकाे केन्द्रीय लेखा आयाेगकाे तर्फबाट लेखा परिक्षण कार्य समेत अगाडि बढाईने समेत सिग्देलले जानकारी दिनुभयाे ।
पार्टी जीवनमा आर्थिक अनुशासन, पारदर्शीता र प्रणालीलाई स्थापित गर्न लेखा परिक्षण महत्वपूर्ण रहेकाे केन्द्रीय लेखा आयाेगका सदस्य शान्ति पाख्रिनले बताउनु भयाे । उहाँले मंसिर महिनाभित्र बाग्मती प्रदेश कमिटी मातहतकाे १० वटा जिल्ला, महानगरपालिका र उपमहानगरपालिका सम्पन्न गरिसक्ने जानकारी दिनुभयाे ।












