थाहा प्राथमिक स्वास्थ्य केन्द्रमा थपियो दुई हजार लिटर पानी भण्डारण क्षमता

Image

हेटौंडा। मकवानपुरको थाहा नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पानी भण्डारणको समस्या समाधान गर्न लायन्स क्लब अफ थाहा पिसले दुईवटा पानी ट्यांकी सहयोग गरेको छ।
लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एम नेपालको सहयोगमा क्लबले एक हजार लिटर क्षमताका दुईवटा पानी ट्यांकी स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको हो। स्वास्थ्य केन्द्रमा पानीको नियमित उपलब्धता सहज बनाउने उद्देश्यले ट्यांकी सहयोग गरिएको क्लबले जनाएको छ।

लायन्स क्लब अफ थाहा पिसका वर्ष २०२६/२७ का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख विष्ट प्रमुख अतिथिमा कार्यक्रम भएको हो।
कार्यक्रममा वडा नं. ४ का अध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष नारायण तामाङ, लायन्स क्लबका संस्थापक अध्यक्ष तथा डिपार्टमेन्ट चिफ सुरेन्द्रमान प्रधान, लायो क्लब अफ पिस थाहानगरकी अध्यक्ष स्मिता बिष्ट, स्वास्थ्य केन्द्रका प्रमुख डा. जोनसन गहतराज, डा. समाज गोपाली तथा लायन्सका पूर्व अध्यक्ष उद्धव बिडारीलगायतको उपस्थिति थियो।

कार्यक्रममा स्वास्थ्य केन्द्रमा पानी ट्यांकीको आवश्यकता र यसको उपयोगिताबारे चर्चा गरिएको थियो। क्लबका प्रथम उपाध्यक्ष दीपेन्द्रकुमार थिङले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
अध्यक्ष रायमाझीले स्वास्थ्य तथा समुदाय केन्द्रित सामाजिक सेवाका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए।