Khabar Board
Flash logo up side
flash header

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले निर्वाचनको लागि हेटौँडा उपमहानगरपालिकामा उम्मेद्वारी दर्ता: कस्को उम्मेदवारी केमा

Nirbachan m

हेटौँडा।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले स्थानीय तहको निर्वाचनको लागि हेटौँडा उपमहानगरपालिकामा मेयर,उपमेयर सहित १९ वटै वडाका वडाध्यक्ष र सदस्यहरुको उम्मेद्वारी आज दर्ता गरेको छ । एमालेको तर्फबाट उपमहानगरपालिकाको मेयरमा अनन्तप्रसाद पौडेल , उपमेयरमा सुमित्रा काफ्लेले उम्मेद्वारी दर्ता गर्नुभएको छ । मेयरमा उम्मेद्वारी दिएका पौडेलको प्रस्तावकमा बर्तमान मेयर हरिबहादुर महत रहेका छन् भने समर्थकमा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल रहेका छन् । उपमेयर काफ्लेको प्रस्तावकमा एमाले नेतृ आरती पाठक रहेकी छन् भने समर्थकमा सिता विष्ट रहेकी छन् ।

एमाले जिल्ला पार्टी कार्यालय हेटौँडाबाट र्याली सहित उम्मेद्वारी दर्ताको लागि उम्मेद्वार साथै कार्यकर्ता मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् । हेटौँडा उपमहानगरपालिकामा नेकपा एमालेले बहुदल प्राप्त भएपछिका सबै स्थानीय तहको निर्वाचनमा मेयर,उपमेयरमा जित हाँसिल गरेको छ । संघियता पछि भएको स्थानीय तहको निर्वाचन २०७४ मा पनि एमालेले माओवादी–कांग्रेसको गठवन्धनलाई पराजित गर्दै हेटौँडाको मेयर,उपमेयर सहित १९ वटा वडामध्ये १२ वडाको वडाध्यक्ष जितेको थियो । एमालेबाट मेयरमा हरिबहादु महत विजयी भएका थिए भने उपमेयरमा मिना लामा विजयी हुनुभएको थिए ।

Center article

यो पटक एमालेले दुबै नयाँ अनुहारलाई पाँच दलीय गठवन्धन बिरुद्ध खडा गरेको छ । एमालेबाट मेयरका प्रत्यासी संविधानसभा सदस्य समेत रहेका पौडेल अनुभवी नेता हुन् साथै उनि एमाले मकवानपुरका पुराना संगठनमा भिजेका नेताको रुपमा चर्चित रहेका छन् भने एमालेले उपमेयरमा टिकट दिएकी काफ्ले युवा नेत्री हुन् साथै उनि हाल नेकपा एमालेकी जिल्ला सचिवालय सदस्य एव्म अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष समेत रहेकिछिन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.