Khabar Board
Flash logo up side
flash header

गठबन्धन बाट हेटौंडाको मेयर मीना कुमारी लामा ,उपमेयरमा राजेश बानियाँको उम्मेद्वारी दर्ता

Nirbachan m

हेटौंडा ।

नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गरेको केही बेरमानै गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । सत्तारुढ गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा मीना कुमारी लामा र उपमेयर पदमा राजेश बानियाँले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

गठबन्धन  दलबल सहित उम्मेदवारी दर्ता गराउनका लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । लामा हेटौंडाको उपमेयर हुनुहुन्छ भने  बानियाँ हेटौंडा ५ को वडा अध्यक्ष हुनुहुन्छ ।

सत्तारुढ दलबीचको सहमतिमा नेकपा एकीकृत समाजवादीबाट मीना कुमारी लामा मेयर पदमा उम्मेदवार बन्नु भएको हो भने नेपाली कांग्रेसबाट राजेश बानियाँ उपमेयर पदमा उम्मेदवार बन्नु भएको छ । सत्तारुढ गठबन्धनबीच हेटौंडा उपमहानगरको वडा तहमा पनि तालमेलको प्रयास भएको छ । कतिपय वडामा गठबन्धनबीच तालमेल भएको छ भने कतिपय वडामा तालमेल हुन सकेको छैन ।

Center article

आसन्न स्थानीय तह निर्वाचनको लागि हेटौंडा उपमहानगरपालिकाको मेयर, उपमेयर, वडाध्यक्ष तथा सदस्य पदहरुमा उम्मेदवारी दर्ता गर्न सत्तारुढ गठबन्धन दल हेटौंडाको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।

बाजागाजा र झाँकीसहित ठूलो  संख्यामा कांग्रेसका नेता साथै कार्यकर्ताहरु मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा पुगेका हुन् । त्यसैगरी कांग्रेस, नेकपा समाजवादी, नेकपा माओवादीलगायतका पार्टीहरुले १९ वटै वडाका लागि अध्यक्ष साथै सदस्यहरुको उमेद्वारहरुले मनोनयन दर्ता गराएका छन्।

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.