Khabar Board
Flash logo up side
flash header

हेटौंडाको मेयरमा २१ जनाको उम्मेदवारी दर्ता

Nirbachan m

हेटौंडा।
वाग्मती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकाको मेयरमा विभिन्न राजनीतिक दलको तर्फबाट १२ जना र स्वतन्त्र तर्फबाट ९ जना गरी जम्मा २१ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालय हेटौंडाले जनकारी दिएको छ ।

मेयर पदका लागि आइतबार ७ जनाले र सोमबार १४ जनाले मनोनयन दर्ता गराएका थिए । हेटौंडाको मेयरको लागि गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामा, नेकपा एमालेबाट अनन्त पौडेल, नेपालका लागि नेपाली पार्टीबाट मुकुन्दप्रसाद आचार्य, नेपाल कम्युनिस्ट पार्टी मालेबाट केशव घर्ती, जनता समाजवादी पार्टी नेपालबाट दिपा लामाले मनोनयन दर्ता गराएका छन् ।

Center article

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपकबहादुर सिंह, नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्याकुमार भट्टाराई, सचेत नेपाली पार्टीबाट रामप्रसाद गौतम, नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट रोमनाथ भुर्तेल, मौलिक जरोकिलो पार्टीबाट सिर्जना बर्तौला र लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्जिव खरालले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयकाले जानकारी दिएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.