Khabar Board
Flash logo up side
flash header

हेटौंडा-११ सिमलटार टोललाई हेटौंडाको सौराहाको रुपमा बिकास गर्ने: नेकपा एमाले इन्चार्ज रामेश्वर राना

Nirbachan m

हेटौंडा ।

नेकपा एमालेका केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाले हेटौंडा-११ मा रहेको सिमलटार टोललाई हेटौंडाको सौराहाको रुपमा बिकास गर्नुपर्ने बताउनुभएको छ । पर्यटकीय क्षेत्रको रुपमा सिमलटारलाई बिकास गरि आयआर्जनमुलक कार्यमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।

आज बिहान नेकपा एमाले हेटौंडा-११ मा रहेको सिमलटार टोल कमिटीले आयोजना गरेको टोल भेलामा सम्बोधन गर्दै प्रमुख अतिथी रानाले बिश्वका ठुलाठुला शहर नदि किनारामा स्थापित भएको भन्दै नदि किनारमा भएको बस्तिलाई ठूलो शहरका रुपमा बिकास गर्न सहज हुने बताउनुभएको छ ।

Center article

रानाका अनुसार हेटौंडा बाटनै बगेर जाने राप्ती खोला मिसिएको चितवन सौराहाको रुपमा बिकास हुन्छ भने यहाँ पनि राप्ती किनाराको यो बस्तीलाई हेटौंडाको सौराहाको रुपमा बिकास गर्नुपर्छ साथै यो काम अब एमालेको स्थानिय सरकारले गर्ने छ भनेका छन् ।

रानाका अनुसार आफ्नो नेतृत्वमा सिमलटार बासीसहित मकवानपुरका हजारौं भुमीहिन तथा अव्यवस्थित घरपरिवारको लगत संकलन गर्ने र लालपुर्जा बितरण गर्नको लागि अन्तिम तयारी चलिरहेको समयमा गठबन्धनको सरकार निर्माण भएर भुमीहिन सुकुम्बासी आयोग नै खारेज गरेकाले नै हालसम्म कसैले पनि लालपुर्जा पाउन नसकेको जिकिर गर्नुभएको थियो । उहाँले अबको स्थानीय, प्रदेश र संघीय सरकारमा पुनः एमालेले विजय हासिल गरि सरकारमा प्रवेश गरे तुरुन्तै लालपुर्जा बितरण गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.