हेटौंडा उपमहानगरपालिकामा ३ जना मेयर सहि ४९ जनाले लिए उम्मेदवारी फिर्ता

Image

हेटौंडा ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ४९ जनाले उम्मेदवारी मनोनयन फिर्ता लिएका छन् । आसन्न स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका मेयरमा तीनजना, उपमेयरमा दुईजना, वडाअध्यक्षमा १८ र वडासदस्य २६ जना गरी जम्मा ४९ जनाले मनोनयन फिर्ता लिएको निर्वाचन अधिकृत कार्यालय हेटौंडाले जनाएको छ ।

मेयरमा उम्मेदवारी दिएका जसपाकी दीपा लामा, नेपालका लागि नेपाली अभियानका सुकुन्दप्रसाद आचार्य र स्वतन्त्र उम्मेदवार सुरक्षा रिजालले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत कार्यालय हेटौंडाका सहायक विर्नाचन अधिकृत सागर शर्माले जानकारी दिएका छन् । उपमेरमा नेकपा समाजवादीकी मखकुमारी तिमल्सिना र जसपाका हरिहर खतिवडाले उम्मेदवारी फिर्ता लिएका शर्माले जानकारी दिएका छन् ।

वडाअध्यक्ष पदका १८ जना, महिला वडासदस्य पदका ५ जना, दलित महिला वडासदस्य पदका ६ जना र खुल्ला वडासदस्य पदका १९ जनाले उम्मेदवारी फिर्ता लिएको शर्माले जानकारी दिएका छन् ।