मकवानपुरगढी गाउँपालिकाले राजस्व नतिर्ने क्रसर उद्योगहरुमा लगाइयो ताला

Image

हेटौंडा ।

शनिबार गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीको संयोजकत्वमा वडा नम्बर ५ र वडा नम्बर ६ का अध्यक्ष साथै प्रहरीको टोलिले राजस्वको बाकि रकम नतिर्ने क्रसर उद्योगहरुमा ताला लगाईएको छ । गाउँपालिकाकाले पटकपटक ताकेता गर्दा समेत क्रसर उद्योगहरुले राजस्वको रकम नतिरेपछि गाउँपालिकाले वडा नम्बर ५ को ३ वटा र वडा नम्बर ६ को १ वटा , वडा नम्बर २ को १ वटा गरी जम्मा ५ वटा क्रसर उद्योगहरुमा ताला लगाईएको हो ।

पटक-पटक समय थप गरेर उद्योगीहरुसँग छलफल गर्दा पनि राजस्वको बाकि रकम नतिर्ने क्रसर उद्योगहरुमा ताला लगाईएको गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिन( नेपालीले) बताईन् । गाउँपालिकाको अभिलेख अनुसार २०७७ सालदेखि ५ वटा उद्योगहरुले गाउँपालिकालाई राजस्वको रकम बुझाउन बाँकी रहेको छ ।

गाउँपालिकालाई साईबाबा क्रसर उद्योगले २८ लाख , आमभञ्याङ् एगृकेटले २८ लाख , सामरी खोला बालुवा उद्योगले ४५ लाख, आधुनिक नमुना क्रसरले २३ लाख र नमुना बालुवा उद्योगले ३० लाख रुपैयाँ राजस्व रकम बुझाउन बाँकी रहेको छ।  उपाध्यक्ष पाख्रिनले बाँकि रहेको कर चुक्ता नगरेसम्म ताला नखोल्ने पनि बताइन् ।