Khabar Board

हेटौंडा १ भैरवडाडा आसपास सामुदायिक वनमा बाघको खतरा बढ्यो

हेटौंडा।

आइतबार बिहान साढे ११ बजे दुई वटा बाख्र माथि आक्रमण गरेको बाघ सोमबार सााझ पनि भैरवडााडा क्षेत्रमा देखिएको छ। बाघ सोही जगंलमा बास बसेको अनुमान स्थानीय ले गरेका छन् । स्थानीय नवराज तिमल्सिनाले आइतबार दुई डमरुसहित देखिएको बाघ सोमबार सााझ एक्लै देखिएको जानकारी दिएका छन् ।

गाउँ नजिकै आइतबार देखिएको बाघ सोमबार पनि देखिएपछि स्थानीय त्रसित भएका छन् । मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले भैरवडााडा क्षेत्रमा बाघ देखिएको पुष्टि समेत गरेका छ ।

भैरवडााडास्थित अस्थायी प्रहरी पोष्टमा खटिएका प्रहरीले बाघ देखिएको पुष्टि गरेको प्रवक्ता कार्कीले जानकारी दिएका छन् ।

प्रवक्ता कार्कीका अनुसार स्थानीयलाई सतर्क रहन आग्रह गरिएको र भोलि जिल्ला वन कार्यालयमा जानकारी गराउने साथै आवश्यक सतर्कता र सहयोग लिई बाघबाट हुन सक्ने जोखिमबाट बच्ने प्रयास गरिने प्रहरीको भनाइ छ । भैरवडाडा आसपास सामुदायिक वन बाक्लो भएकाले बाघ यहाँ बास बस्न सक्ने खतरा बढेको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.