भैरव डाँडा को जंगलमा बाघ समात्न ट्रयापिङ क्यामेरा जडान

Image

हेटौंडा।
हेटौंडा १ का वडाअध्यक्ष सविन न्यौपानेको विशेष पहल साथै डिभिजन वन कार्यालय हेटौंडाको सहयोगमा बुधबार दिउँसो भैरवडाँडा वन क्षेत्रमा चार वटा ट्रयापिङ क्यामेरा जडान गरिएको छ । उक्त क्यामराले बनक्षेत्रको गतिविधि सुक्ष्मरुपमा खिच्ने काम गर्ने र क्यामेरा राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक रमेश दराईको उपस्थितिमा जडान गरिएको हो ।

उनले भने हामीले जडान गरेको क्यामेरा दुई दिनपछि हेर्नेछौं यदि त्यसक्षेत्रमा बाघ अहिले पनि रहेको छ भने क्यामेराले हामी लाई देखाउने छ । आइतबार बिहान साढे ११ बजे दुईवटा बाख्रा को सिकार गरेको बाघ सोमबार साँझ पनि भैरवडााडा क्षेत्रमा देखिएकाले सोही स्थानमा क्यामेरा जडान गरिएको हो ।

यस क्षेत्रका बासिन्दा हरुलाई वडा अध्यक्ष न्यौपानेले अझै केहिदिन सचेत रहन पनि आग्रह गर्नु भएको छ।