लालपुर्जा उपलब्ध गराउन आफुले सकेको पहल गर्ने भन्दै कुमारी मोक्तानले गरिन घरदैलो अभियान सुरु

Image

हेटौंडा ।

मकवानपुर २ (क) का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तानले हेटौंडा ११ सिमलटारबाट घरदैलो अभियान सुरु गरेकी छिन् । आज बिहानबाट उनले घरदैलो अभियान सुरु गर्दै सिमलटारबासीको समस्या, गुनासो साथै यहाँका जनताको आशाहरु सुन्दै घर दैलो सुरु  गरेकी छन।

आफ्नो टोलमा मत माग्दै आइपुगेकी मोक्तान लाई यस हेटौंडा ११ मा  बसोबास गर्दै आएक बासिन्दा हरुले जमिनको लालपूर्जा छिट्टै उपलब्ध गराउन पहल गरिदन आग्रह गरेका छन् । उम्मेदवार मोक्तानसँग  एकसय छ वर्षीय धनमाया पाख्रिनले भन्नुभयो यस बस्तीमा बाटो, बिजुली ल्याइदिनुभयो भन्दै खुशी व्यक्त गर्दै उहाँले अब एउटा जमिनको पूर्जा दिनुहोला  भन्नुभयो साथै उहाँले  हाम्रो भोट खेर जाने छैन भनि बिश्वास दिनु भयो।

धनमायाले अघिल्लो पटक पनि मोक्तनलाई आफुहरुले जिताएर पठाएको बताउँदै उनले फेरि मत दिन पाउने भन्दै खुशी ब्यक्त गर्नु भयो । अर्का स्थानीय ८० वर्षीय मनबहादुर तामाङले मकवानपुरको भविष्य बोकेको नेता भन्दै मोक्तानलाई जितको शुभकामना दिएका छन् साथै घरदैलोको क्रममा स्थानीयहरुले खादा र मालाले मोक्तानलाई स्वागत  गरेका छन।

बुद्ध चोकबाट सुरु भएको घरदैलो बिभिन्न टोलमा पुगेर बुद्ध चोकमा आएर कोणसभामा परिणत भएको हो । कोणसभामा बोल्दै मोक्तानले यस क्षेत्रको समस्याबारे आफु परिचित रहेको र लालपूर्जा उपलब्ध गराउन आफुले सकेको पहल गर्ने बताईन् । तपाईहरुले तटबन्धन र सडक स्ल्याप माग्नुभयो, त्यो पुरा भएको छ अब जग्गधनी लालपूर्जाको लागि पनि म तपाईहरुसँगै रहेर पहल गर्नेछु  गठवन्धन लाई विजयी गराइदिनुहोला । हाम्रो सरकार बनेपछि तपाईहरुका धेरै अपेक्षा हामी पुरा गर्नेछौं भन्दै आश्वासन दिएकी छिन्।

सिमलटारमा  बिभिन्न क्षेत्रबाट आएर बसोबास गरेका करिब दुई हजार परिवार रहेको छ । नेकपा माओवादी केन्द्रको पहलमा यस क्षेत्रमा भूमिहिनहरुको बस्ती बसालिएको थियो ।