प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बिरोध खतिवडामाथिए हातपात

Image

हेटौँडा ।

नेकपा एकिकृत समाजवादीका स्थायी कमिटि सदस्य एवम् गठवन्धनको तर्फबाट मकवानपुर क्षेत्र नंबर २ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बिरोध खतिवडामाथिए स्थानीय ब्यक्तिले हातपात गरेका छन् ।

मनहरी गाउँपालिका वडा नंबर ४ मा भोट माग्ने क्रममा जाँदा गाडीबाट ओर्लने क्रममा स्थानीय अन्दाजी ५० वर्षका पुरुषोत्तम खड्काले दुई झापड हानेको स्थानीयले बताएका छन।

उम्मेद्वारमाथि हातपात भएपछि इलाका प्रहरी कार्यालय नेवारपानीले झापड हानेका खड्कालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी  प्रवक्ता टेकबहादुर कार्कीले खड्कालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाईएको बताएका छन् । उम्मेद्वारमाथि अभद्र ब्यवहार गरेको कारण आफुहरुले खड्कालाई नियन्त्रणमा लिएको उनको भनाई रहेको छ । खबरब्रेकर बाट साभार।