Khabar Board

मकवानपुर जिल्लाको गाउँ गाउँबाट मतपेटिका ल्याउने काम सुरु

हेटौंडा ।
मकवानपुर को हेटौंडा शिद्धार्थ माध्यमिक बिद्यालयमा रहेको मतगणना स्थलमा मतपेटिकाहरु आइपुग्न थालेका छन् । मतदान अधिकृत, सहायक अधिकृत, सहायक स्तरका कर्मचारी, प्रहरी र बिभीन्न दलहरुका प्रतिनिधीहरु सहित मतपेटिका ल्याउन लागेका छन् । अहिले भने हेटौंडा उपमहानगरपालिकाका साविकका वडाहरुबाट मतपेटिकाहरु आइरहेका छन् ।

अब मकवानपुर जिल्लाको गाउँ गाउँबाट पनि मतपेटिका ल्याउने काम भइरहेको छ । मध्यरात सम्म सबै मतदान केन्द्रबाट मतपेटिका ल्याइसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

मकवानपुरको दुइ वटा प्रतिनिधीसभा र चार वटा प्रदेशसभा क्षेत्रमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । जिल्लाका कुनैपनि मतदान केन्द्रमा निर्वाचनको समयमा कुनैपनि समस्या नभएको र शान्तिपूर्ण ढंगले सम्पन्न भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले वताउनुभएको छ ।

जिल्लाको दश वटा स्थानीय तहमा पहिलेको चुनाबमा जस्तो यो चुनावमा धेरै जसो मतदान केन्द्रमा मतदाताहरुमा उत्साह नदेखिएको साथै गएको स्थानीय तहको चुनाबमा भन्दा कम मत खसेको मतदान अधिकृतहरुले बताउनुभएको छ । मकवानपुर जिल्लाका ३ सय ६४ वटा मतदान केन्द्रमा आज मतदान भएको थियो । मतदान सकिएर सबैजसो मतदान केन्द्रहरुबाट मतपेटिका ल्याउने प्रक्रिया सुरु भएको मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिएका छन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.