Khabar Board
Flash logo up side
flash header

मकवानपुर मा मिटरव्याज विरुद्ध कारबाहीको माग गर्दै २८ वटा उजुरी परे

Nirbachan m

हेटौंडा । मिटरब्याजीको समस्या सार्वजनिक हुन थालेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ३९ वटा उजुरी परेको छ । अनुचित लेनदेन मिटरव्याज विरुद्ध कारबाहीको माग गर्दै पीडितले उजुरी गरेका हुन्।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सरकारले अनुचित लेनदेन मिटरब्याज सम्बन्धी जाँचबुझ आयोग, २०७१ गठन गर्नुपूर्व नै मिटरब्याजीविरुद्ध २८ वटा निवेदन परेको जानकारी दिए । उनका अनुसार आयोग गठनपछि बिहीबारसम्ममा छवटा उजुरी थपिएका हुन्।

अनुचित लेनदेन मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगले बिहीबार हेटौंडामा अन्तर्क्रिया गरेपछि त्यसैको प्रभावमा शुक्रबार एकै दिन पाँचवटा उजुरी परेको रामीले बताए । आयोग गठनपूर्व परेका उजुरीमध्ये तीन वटामा दुवै पक्षबीच जिल्ला प्रशासन कार्यालयको उपस्थितिमा सहमति भएको छ । पाँचवटा अदालतमा १८ वटा प्रहरी कार्यालयमा र दुईवटा उजुरी जिल्ला प्रशासन कार्यालयमै रहेको छ ।

Center article

सरकारले अनुचित लेनदेन मिटरव्याज पीडितलाई सहयोग र सहजीकरण गर्न प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मिटरव्याजपीडित सहायता कक्ष स्थापना गरी निःशुल्क रूपमा निवेदन फाराम उपलब्ध गराउँदै आएको छ ।

साथै आयोगले अनुचित लेनदेन मिटरब्याज पीडितलाई निवेदन दिन सात दिन म्याद थप गरेको छ । आगामी जेठ १ देखि एक साताका लागि निवेदन दिने म्याद थप गरेको आयोगले जनाएको छ । गोरखापत्र दैनिकबाट

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.