मकवानपुर बज्रबाराहीमा दुइ समुह बिच झगडा हुदा प्रहरी घाइते

Image

हेटौंडा – मकवानपुरको थाहा नगरपालिका वडा नम्बर– ६ बज्रबाराहीमा रहेको मनकामना मन्दिर नजिक दुइ समुह बिच कुटपिट भएको छ । ति दुइ समुहको झगडा छुट्याउन गएका प्रहरी घाइते भएका छन् । मन्दिर नजिकको पिकनिक स्पोर्टमा नयाँ बर्ष मनाउन आएका थाहा नगरपालिका–११ माहाकाल र थाहा नगरपालिका ११ मालागरीका स्थानियहरु बिच पुरानो रिसिबीको कारण विबाद भई झगडा भएको हो ।

झैझगडा हुँदा त्यहा सुरक्षाका लागि खटिएका ८ जना प्रहरी टोलि मध्य एकजना प्रहरी बज्रबाराही पोष्टमा कार्यरत रहेका ३९ वर्षिय प्रहरी सहायक हवल्दार मेगनाथ महत्तो लाई सिसाको बोत्तलले टाउकोमा लागेर घाईते भएकाे बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

उनको उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भईरहेको र उनको बाँया कानको माथि टाउकोमा चोट साथै ६ वटा टाका लगाएको प्रहरीले जनाएको छ भने झैगडामा माहाकाल तर्फका केही व्यक्तिहरु घाइते भएको जनाइएको छ ।