हेटौंडामा चट्याङ लागेर एकजना घाईते

Image

हेटौंडा । मकवानपुरको हेटौंडामा चट्याङ लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नं.१५ पदमपोखरी ६६ बर्षीया ठुलीमाया वाईबा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सोमबार लगभग दिउँसो २ बजेरको सयमा आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ लागेको थियो । उनको टाउकोमा चोट लागेको छ भने घाइतेको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनकारी दिएको छ ।