रामेछाप काभ्रे मैत्री समाजको आयोजनामा रक्तदान कार्यक्रम

Image

हेटौंडा – रामेछाप काभ्रे मैत्रीसमाजको आयोजनामा हेटौंडामा रक्तदान कार्यक्रम गरिएको छ । नयाँ वर्ष २०८१ सालको अवसर पारेर हेटौंडा १ , अमर मा.बि.को प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरिएको रामेछाप काभ्रे मैत्री समाजका सचीव शुक्रराज लामाले जानकारी दिए ।

समाजका अध्यक्ष मानबहादुर लामाको सभाध्यक्षता तथा हेटौंडा उपमहानगर पालिका १ नम्बर वडाका वडाध्यक्ष सबिन न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा समाजका सहसचिव देविराम लामा , कोशाध्यक्ष देविप्रसाद गौतम , सदस्य सुकदेव काफ्ले , रमेशबहादुर कोइराला , ठाकुरदास षेर्स्थ ,कानुनी सल्लाहकार अधिवक्ता केशव प्रसाद गौतम , सल्लाहकार चेतप्रासाद पौडेल लगायतकाको आतिथ्यतामा कार्यक्रम भएको थियो ।