हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ रामनगरमा घरमा आगलागी भएको छ । स्थानीय ६८ वर्षिय आत्मलाल चौलागाईको घरमा आग्लागी भएको हो । सिमेन्ट, काठ, र टायलले बनाईएको २ तले कच्चि घर र गोठमा बिजुली सर्ट हुदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।
दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । साथै नजिकै रहेको भाई लिला नाथ चौलागाईको ३ तले पक्की घरको सिसा आगोले तातेर फुटेपछि प्रकाश चौलागाईको टाउकोमा चोट लागी सामान्य घाईते भएकाे र उनलाई स्थानिय मेडिकलमा उपचार गाराई घर पठाईएको छ ।
















