हेटौंडा -नेकपा (एकिकृत समाजवादी) मकवानपुरको नवौं जिल्ला अधिवेशन वैशाख १५ र १६ गते हुने बृहत रूपमा भएको छ ।
बिहिबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी अधिवेशन बारे जानकारी गराइएको हो । अधिवेशन सम्पन्न गर्नको लागि पार्टीका जिल्ला अध्यक्ष विष्णु प्रसाद दाहालको संयोजकत्वमा १ सय ७५ सदस्यीय मुल कमिटी गठन गरिएको छ । वैशाख १५ गते पार्टीका केन्द्रिय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा हेटौंडा ४ मा रहेको रोयल पार्टी प्यालेसमा उद्घाटन कार्यक्रम गरिने जिल्ला अध्यक्ष दाहालले बताउनुभयो ।
त्यसैगरी विभिन्न ७ वटा उपसमितिहरु समेत गठन गरिएको भने वैशाख ८, ९ र १० गते जिल्ला अधिवेशनको लागि दलित, महिला, मुश्लिमको समेत प्रतिनिधित्व हुने गरी प्रतिनिधि छनोट गरिने अध्यक्ष दाहालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
अधिवेशन सम्पन्न गर्नको लागि विभिन्न ३० वटा केन्द्रहरु तोकिएको छ भने सम्मेलनमा पार्टीका जिल्ला उपमहासचिव किशोर टण्डन, सचिव धु्रव भुजेल, सचिवालय सदस्य माधव तिमल्सिना, प्रचार विभाग प्रमुख रामकुमार एलन लगायतको उपस्थिति रहेको थियो ।