हेटौंडा। हेटौंडा उपमहानगर पालिका ११ वडा को टोलबिकास सस्था वडा समन्वय को आयोजनामा हेटौंडा ११ मा रक्तदान कार्यक्रम गरिएको छ ।
विश्व वातावरण दिवसको अवसरमा गरिएको कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए । वडासमन्वय समिती अध्यक्ष यज्ञबहादुर आचार्यको सभाध्यक्षतामा भएको कार्यक्रममा वडाअध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वडासदस्य बिकास नेपाल , गिता सुनार , सन्जय बिडारी , गोपिनी सापकोटा , टोलबिकास संस्था नगरसमन्वय समितिका अध्यक्ष धुर्ब अधिकारी लगायतकाको आतिथ्यता रहेको थियो ।
















