हेटौंडा – हेटौंडा उपमहानगरपालिकाले हेटौंडा सामुदायिक आँखा अस्पताललाई आँखाजाचँ गर्ने मेसिन हस्तान्तरण गरेको छ ।
उपमहानगरपालिकाकि प्रमुख मीना कुमारी लामाले आईतबार एक कार्यक्रमका बिच फन्डर्स क्यामेरा आखाँको पर्दाको क्यामेरा जाचँ गर्ने मेसिन हस्तान्तरण गरेकी हुन् ।
हेटौंडा उपमहानगरपालिकाको सहयोगमा १७ लाख रुपैँया र अस्पतालको २ लाख रुपैँया गरी जम्मा १९ लाख रुपैँयामा मेसिन खरिद गरिएको हो ।
यो मेसिनले सुगर, प्रेसर र ५० वर्ष नाघेका बिरामीहरुलाई जाँच गर्न विशेष सहयोग हुने अस्पतालका प्रमुख डाक्टर सुनिल थकालीले बताउनुभयो ।
यो मेसिनले आँखाको रेटिनाको रङ्गिन फोटो निकाल्ने साथै जलविन्दु, मोतिविन्दु वा जुनसुकै रोगको शंका लागेपनि सजिलै पत्ता लगाउन सकिने भएकोले उपचारमा थप सहज हुने डाक्टर थकालीले बताउनुभयो ।
















