हेटौंडा । बुधबार ५२ औं बिश्व वाताबरण दिवसको सप्ताहव्यापी समारोहको समापनमा नगर प्रमुख मिना लामाले प्लाष्टिकको प्रयोग रोक्नका लागि आगामि आर्थिक बर्षमा कार्यबिधि बनाएर अघि बढ्ने बताउनु भएको छ । टोल बिकास सस्था नगर समन्वय समिति हेटौंडाको आयोजनामा हेटौंडामा गरिएको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो। लामाले प्लाष्टिक बन्द गर्न टोल बिकास संस्थाहरुलाई गरेको यो आग्रह लाई टोल बिकास सस्था हरुले स्विकृती दिए कार्यबिधि बनाएर अघि बढ्ने बताउनु भएको हो । उहाँले हेटौंडा नगरमा रहेका टोल विकास सस्थाहरुले उपमहानगरक्षेत्र भित्र प्रदुषणको मुख्य श्रोतको रुपमा रहेको प्लाष्टिक प्रयोग बन्द गर्न आजैबाट आब्हान गर्नु भयो ।
टोल बिकास सस्थाहरुको सक्रियताको कारण हेटौडा उपमहानगर देशमै सफा शहरको रुपमा चिनिदै आएको अवस्थमा फेरी नयाँ कामका लागि दिएको स्बिकृतीले नगरको नाम फरक ढंगबाट अघि बढ्ने उहाँले बताउनु भयो ।
यसै अवसरमा नगरलाई सफा र सुन्दर बनाउँनका लागि सफाईमा खटिने १५ जनालाई नगद सहित सम्मान गरीएको थियो । वाताबरण दिवसको अवसरमा हेटौंडा–६ को रक्षादेवी टोल विकास सस्थालाई नमुना टोल घोषणा गरीएको छ भने बाताबरण सम्मान हेटौडा ६ को नव जिवन ज्योती क्लबलाई प्रदान गरीएको थियो । सप्ताहव्यापी कार्यक्रम समापन गर्नु पुर्ब भएको र्यालीमा हेटौंडा–८ मनकामना टोल बिकास सस्था प्रथम, हेटौंडा–११ सिमलटार टोल बिकास सस्था द्धितिय र हेटौंडा–८ बिकास टोलको बिकास सस्था तृतिय भएका छन् ।
टोल बिकास सस्था नगर समन्वय समितिका अध्यक्ष धुर्ब प्रसाद अधिकारीको सभाध्यक्षता तथा बागमती प्रदेशका वन तथा वातावरण मन्त्रि केशवप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रथम हुने टोल बिकास सस्था लाई बिस हजार, दोस्रो लाई पन्द्ध हजार तेस्रोलाई दश हजार नगद पुरस्कार प्रदान रिएको थियो । र्यालिमा सहभागि रहेका संघ÷सस्था स्वर्गद्वारी बञ्चेबाजा महिला समूह, नेवा सांस्कृतीक पुचः र सामुदायिक बिकास सचेतना नेपाललाई प्रोत्साहन स्वरुप नगद पाँ पाँच हजार रुपियाँ प्रदान गरिएको थियो ।















