हेटौंडा ११ स्थित ४००केभीको हेटौंडा सबस्टेसन सन्चालनमा : न स्थानिय सरकारलाई न स्थानिय पिडितलाई जानकारी

Image

हेटौंडा। चार हजार मेगावाट विद्युत् प्रवाह गर्ने क्षमता भएको चार सय केभी क्षमताको हेटौँडा ११ सिमलटारमा रहेको एसिसी सबस्टेसनको लाईन निर्माण कार्यमा अबरोध हुदा काम हुननसकेको सामाचार प्रति स्थानियको ध्यान आकर्षण भएको छ।

स्थानिय सरकार तथा बिधुत प्रसारण लाईन पिडित स्थानियलाई थाहै नदिई सुरु गरेको एमसिसी बित्धुत प्रसारणलाईन कार्यालय प्रति पिडितले घोर आपति जनाएका छन । स्थानिय सरकार वडा कार्यालय लाई नै जानकारि नदिई नेपालको तेस्रो ठूलो चार सय केभी हेटौँडा सबस्टेसन निर्माण सम्पन्न गरी शुक्रबार साँझदेखि सञ्चालन (चार्ज)मा ल्याइएको हो।

वडा सदस्य संजय बिडारीका अनुसार जिल्ला प्रशासन कार्यालय मकवानपुरका तत्कालीन सिडिओ सुर्य प्रकास सेढाईं मार्फत सर्वपक्षीय छलफल बाट मुआब्जाको प्रकृयामा गएको कुरालाई नकार्न सकिंदैन।

कुरा बित्धुत प्रसारणलाईनको पनि होईन सामाचार लेखाई प्रति पनि होईन तर पिडित स्थानियको आपति स्थानियको अबरोधमा प्रसारण लाईन निर्माण रोकिएको वा पुरा हुन नसकेको भन्नेकुरामा हो ,स्थानियले कहिकतै अबरोध गरेकोछैन स्नथानिय पिडित हरुको भनाइछ।

एकातिर नेपाल सरकारले स्थानिय बासिन्दा बसोबास गर्दै आएको हेटौंडा ११ सिमलटारका करिब दुईहजार घरधुरीको जग्गा नाप गरि लालपुर्जाको लागि निस्सापेपर दि सकेको जग्गामा निर्माण गरिएका घर टहरा माथिबाट जाने एमसिसी बित्धुत प्रसारणलाईनले पुर्याउने क्षतिको मुआब्जा माग्नु अबरोध नभएको स्थानियहरु बताउछन। र स्थानियहरुले एमसिसी बित्धुत प्रसारण कार्यालयलाई सघाउन माटो परिक्षण, क्षेत्रफल नापजाँच, सम्पति बिबरण बुझाउने कुरा र घरजग्गाको नापजाँचमा पिडित स्थानियहरु संग संगै लागेर सहयोग गरेको छ।

अबरोध कहि कतै गरेको देखिदैन बित्धुत कार्यालयले नै स्थानियलाई एउटा प्रोजेक्ट भन्दै झुक्याई रहेको र थप निमार्णको कुरा अझै गरिरहेको कुराले पनि स्थानिय सरकार र पिडित पक्ष्य संग सहकार्य नगरि एकल निर्णयमा काम गरिरहेकोमा स्थानिय पिडित पक्ष्यको आपति रहेको छ, पिडितहरु बताउछन। यो धमिलो पानि मा माछा मार्न खोजिएको जस्तो देखिएकोछ । यस्ता कार्यले पिडित स्थानिय बासिको सान्ति भडकाउन खोजिएको छ त्यस्ले राम्रो नतिजा नल्याउने पिडित हरू बताउछन ।