हेटौंडा। हेटौंडा ४ मा जेठ ३२ गते निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । ४ नम्बर वडा कार्यालय तथा नेपाल हृदय रोग निवारण प्रतिष्ठान नेपाल शाखाको आयोजनामा स्वास्थ्य शिविर हुन लागेको ४ नम्बर वडा अध्यक्ष नविन सिग्देलले जानकारी दिए।
शिविरमा मुटुरोग, ढाड, नसा र फिजिसियन डाक्टरबाट जाँच गरिने उनले बताए। उक्त शिविरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र मकवानपुर सहकारी अस्पतालको प्राविधिक सहयोगमा हुने छ।
।
शिविरमा के के हुन्छ त चेकजाँच?
शिविरमा इसिजि, इको, व्लड सुगर लेभल, लिपिड प्रोफाइल, दम रोगिको लागि पिटिएफ, अल्ट्रासाउण्ड तथा १५ दिनसम्म निशुल्क ओैषधि वितरण समेत गरिने सिग्देलले जानकारी दिए ।
शिविरमा नगर टोल विकास समन्वय समिति, मोहन बज्राचार्य शहरी स्वास्थ्य केन्द्र, भुटनदेवि मावि, रोटरी क्लव अफ हेटौडा , सुख समृद्दि बचत तथा ऋण सहकारी संस्थाको सहयोगमा रहनेछ भने कार्यक्रम बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हेटौडा ४ मा रहेको रोयल पार्टी प्यालेसमा हुने छ।