हेटौंडा । हेटौँडाबाट प्रकाशन भइरहेको थाह सन्देश राष्ट्रिय दैनिकको कार्यकारी सम्पादकमा उज्ज्वल अधिकारी नियुक्त भएका छन् । दैनिक पत्रिकाका प्रकाशक तथा सम्पादक राजन दाहालले अधिकारीलाई कार्यकारी सम्पादकमा नियुक्त गरेका हुन् ।
अधिकारी एक दशकदेखि मकवानपुरको पत्रकारितामा सक्रिय रहँदै आएका छन् । उनी नवयुग अनलाइनका सम्पादक समेत हुन् । उनले खबरब्रेक डटकम, हेटौँडा टुडे, रेडियो कलश लगायतका विभिन्न सञ्चारमाध्यममा काम गरिसकेका छन् । अधिकारीको आगमनले थाहा सन्देश थप उचाईमा पुग्ने मन्साय व्यक्त गरेका छन् प्रकाशक दाहालले । थाहा सन्देश बिगत १३ बर्ष देखि हेटौंडा बाट प्रकाशित दैनिक पत्रिका हो।












