Khabar Board

सेवा प्रवाहमा विद्युत प्राधिकरणको लापरबाही

हेटौंडा । विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रको सेवा प्रवाहमा लापरबाही गरेको छ। हेटौंडा उपमहानगरपालिका हेटौंडा ११ सिमलटार मा हिजो बुधबार राति ११ बजे देखि आज बिहिबार बेलुका ६:३० बजेसम्म करिब ७ देखि ८ घरमा लाईन नहुदा स्थानीय बासिन्दाहरू सकसमा परेका हुन् । यस्तै हिजो देखि लाईन छैन भनि स्थानियले सयौ पटक प्राधिकरण लाई फोन गर्दा पनि बेवास्ता गरेको स्थानिय बासिहरुको गुनासो रहेको छ ।

पटक पटक फोन गरेर बोलाउदा पनि बिद्युत मर्मत गर्न न आउदा पसलमा राखिएको सयौ लिटर दुध ,दहि ,मासु बिग्रिएको गुनासो स्थानिय व्यापारिहरुको रहेको छ । प्राधिकरणको यस्तो काम गराई ले भएको नोक्सानी कस्ले देख्ने ? को जिम्मेवारी हुने ? भनि स्थानि ब्यापारिहरुले गुनासो समेत गरेका छन । साथै सरोकारवाला निकायमा फोन गरेर कुरा गर्दा एउटै टोलि भएको हुदा ढिलो भएको जवाफ आएको छ। बिधुत प्राधिकरणको यस्तो सुस्त खालको सेवा प्रति सरोकारवाला निकायको ध्यान जानुपर्नेमा स्थानियहरुको भनाई रहेको छ।

प्राधिकरणको नियमानुसार महशुल भुक्तानी समयमा नगरे जरिवाना तिर्नुपर्ने हुन्छ । कुनै कारणले विद्युत लाईन बिग्रदा समेत मर्मतका लागि समयमा नै प्राधिकरण नपुग्ने गरेको स्थानीयहरुले गुनासो गरेका छन् । यसरी हेटौंडा उपमहानगरपालिका बिधुत प्राधिकरणको नजिकै रहेको हेटौंडा ११ सिमलटार क्षेत्र यस्तो अवस्थामा छ भने, जिल्लाका विकट क्षेत्रको अवस्था के होला ? भन्ने प्रश्न सर्वत्र उब्जिएको छ ।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.