हेटौंडा ११ मा सडक दुर्घट्ना न्यूनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

Image

हेटौंडा । हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडामा सडक बिस्तार , सडक दुर्घटना बारे अन्तरक्रिया कार्यक्रम भएको छ ।

सामुदायिक सेवाकेन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा ११ को आयोजनामा भएको कार्यक्रममा सरोकारवालाहरुले राजमार्ग सानो , साँघुरो भएकोले सडक दुर्घटना बढिरहेको कुरामा चिन्ता व्यक्त गरेका थिए । सामुदायिक सेवाकेन्द्रका अध्यक्ष देवकुमार श्रेष्ठ को सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा ११ नम्बर वडाअध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा ट्राफिक प्रहरी निरीक्षक केशव अधिकारी , समुदायिक सेवाकेन्द्रका पुर्व अध्यक्ष शालिकराम पुडासैनी, सामुदायिक प्रहरी सेवा केन्द्रकी सहायक हवल्दार निमा भन्डारी वडा समन्वय समिति हेटौंडा ११ का अध्यक्ष यज्ञ बहादुर आचार्य लगायतको आतिथ्यता रहेको थियोे ।