हेटौंडा । हेटौंडा १९ बस्तिपुरमा दिगो वन ब्यवस्थापन , कार्ययोजना कार्यान्वयनको लागि समुहका पदाधिकारी र जनप्रतिनिधिहरुको लागि ४ दिने तालिमको शुभारम्भ भएको छ । बिक्रमबहादुर पण्डितको सभाध्यक्षतामा भएको तालिमका प्रमुख अतिथी डिभिजन वन कार्यालय राप्ती मनहरी का डि.एफ.ओ. लोकराज नेपाल रहेका थिए ।
तालीममा वन तथा वातावरण मन्त्रालय बागमती प्रदेका योजना महाशाखा प्रमुख शम्भु तामाङ , हेटौंडा उपमहानगर पालिका १९ नम्बर वडाअध्यक्ष नरनाथ सुवेदी , ११ नम्बर वडाअध्यक्ष जुना दाहाल,कार्यपालिका सदस्य ईश्वरी रसाइली लगायतकाको विशेष आतिथ्यता रहेको थियो । तालिम वनकार्यालयका रेन्जर ज्ञानकुमार रिजालको सम्योजकत्वमा भैरहेको छ ।