गृह मन्त्रालयले वडास्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्न निर्देशन

Image

हेटौडा । स्थानीय तहसँग समन्वय गरेर वडास्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई गृह मन्त्रालयले निर्देशन दिएको छ । गृह मन्त्रालयले हिजो असार १० गतेको सार्वजनिक विज्ञप्ति अनुसार सामाजिक सुरक्षा भत्ता लिन परिचयपत्र अनिवार्य गरिएका २८ जिल्लाका प्रजिअहरुलाई निर्देशन गरिएको छ ।

सरकारले साउन १ बाट पहिलो चरणमा २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । ती जिल्लामा सेवाग्राहीको भीड बढेको गुनासो आएसँगै वडास्तरबाट नै परिचयपत्रको विवरण सङ्कलन गर्न भनिएको सहसचिव भट्टराईले विज्ञप्ति प्रकाशन गरि जानकारी दिएका हुन। गृह मन्त्रालयले २८ जिल्लामा ४३८ जना विवरण दर्ता गर्न परिचालन गरेको छ ।