हेटौंडामा दिन प्रतिदिन डेंगु संक्रमित बढदै: सरोकारवाला निकायको बेवास्ता

Image

हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्र बिगत वर्षहरुमा जस्तै डेंगुको त्रासन बढ्न थालेको छ । हेटौंडा उपमहानगरपालिकाको बजार क्षेत्रमा डेंगु बढ्न थाले संगै हेटौंडा अस्पतालमा पनि डेंगुका विरामीहरु देखिन थालेका छन् ।

स्थानीय वासिन्दाहरुले डेंगुको नियन्त्रणका लागि माग गरेपनि हेटौंडा उपमहानगरपालिकाको डेंगु नियन्त्रणमा चासो न रहेको स्थानिय हरुले गुनासो गरेका छन्। वर्षायाम सुरु भएसंगै पछिल्लो समय डेंगु सङ्क्रमण तीव्र गतिमा फैलिरहेको हेटौंडाका स्थानिय बासिन्दाहरु बताउदछन् ।

प्रदेश अन्तरगत सबैभन्दा बढी बागमती प्रदेशमा डेंगुको संक्रमण बढिरहेको छ भने सधैझै यो वर्ष पनि समयमा नै डेंगु संक्रमित लामखुट्टे नियन्त्रण नगर्ने हो भने अघिल्लो वर्ष जस्तै महामारीको रूपले लिने धेरैको अनुमान रहेको छ। डेंगु नियन्त्रण गर्ने यो समय उपयुक्त भएकोले सबै सरोकारवाला निकायले ध्यान दिन जरुरि रहेको सरुवारोग विशेषज्ञहरु बताउँछन्।