प्याराग्लाइडिङ्ग तथा ह्याङग्लाइडिङ्ग बागमती प्रदेश संघको अध्यक्षमा पदमा रामकृष्ण शिवाकोटी

Image

हेटौंडा । प्याराग्लाइडिङ्ग तथा ह्याङग्लाइडिङ्ग बागमती प्रदेश संघको अध्यक्ष पदमा मकवानपुरका रामकृष्ण शिवाकोटी चयन भएका छन् ।

हेटौंडाको रोयल प्यालेसमा भएको संघ को प्रथम साधारण सभाले शिवाकोटीलाई अध्यक्ष पदमा चयन गरेको हो । सभाले सिन्धुलीका प्रमोद अधिकारी लाई उपाध्यक्ष , चितवनका सुदिप भट्टराई लाई सचिव , काठमाडौका डम्बर बहादुर थिङ्लाइ स-सचीव , मकवानपुरका दुर्गाप्रसाद तिमल्सिनालाई कोषाध्यक्ष पदमा चयन गरेको छ ।

यस्तै काठमाडौका बिरेन्द्र गुरुङ , रामेछाप का किममाया तामाङ , कृष्ण बहादुर सुनुवार , मकवानपुरका दिनेश डङ्गोल , बिशाल लामालाइ सदस्य पदमा चयन गरेको छ । दुर्गाप्रसाद तिमल्सिना को सभाध्यक्षतामा भएको कार्यक्रममा खेलकुद विकास बोर्ड बागमती प्रदेशका कार्यालय प्रमुख सुर्यबहादुर दाहालको प्रमुख आतिथ्यता रहेको थियोे ।

कार्यक्रममा प्याराग्लाइडिङ तथा ह्याङ्ग्लाइडिङ्ग संघ का केन्द्रिय अध्यक्ष भुपाल चाम्लिङ राई , संविधानसभा पुर्व सदस्य किरण राई को बिशिष्ट आतिथ्यता रहेको थियोे भने प्राविधिक सदस्य सुरेन्द्र कुमार श्रेष्ठ , अधिवक्ता ऋषि केबी , सन्जु दाहाल को नेतृत्वमा निर्वाचन भएको थियोे ।