Khabar Board

बागमती प्रदेशका मुख्यमन्त्री शलिकराम जम्मकट्टेललाई ५ वटा मन्त्रालयको जिम्मेवारी

हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री शलिकराम जम्मकट्टेललाई ५ वटा मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

सरकारबाट नेकपा एमाले बाहिरिए संगै प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्हालेका पाँच मन्त्रालयको जिम्मेवारी जम्मकट्टेललाई दिईएको हो ।

कुन कुन मन्त्रालयको जिम्मेवारी दिइयो त?

आर्थिक मामिला तथा योजना मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको कार्यभार मुख्यमन्त्रीले नै सम्हाल्ने प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्तीमा जनाइएको छ ।

प्रदेशमा हाल १३ मन्त्रालय रहेका छन् भने ८ जना मन्त्रीहरू रहेका छन् । माओवादी केन्द्रका ४, एकीकृत समाजवादी ३ र हाम्रो नेपाली पार्टीको १ जना मन्त्री रहेका छन् ।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.